Logo
Logo

वैवाहिक बलात्कार मुद्दामा रवि ओडलाई सफाइ


1.5k
Shares

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । आइतबार जिल्ला अदालत कञ्चनपुरले फैसला सुनाउँदै पत्नीलाई बलात्कार गरेको अभियोगमा गायक ओडलाई सफाइ दिएको हो ।

रविविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै आइतबार जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले ओड निर्दाेष रहेको ठहर गरेको अदालतका सूचना अधिकारी लक्ष्मणप्रसाद चपाईंले जानकारी दिए ।

गायक ओड विदेशमा भएकाबेला उनका पत्नीले जबर्जस्ती करणी तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैतमा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएका थिए ।

विदेशबाट फर्किएर गायक ओडले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्