Logo
Logo

नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिनसक्ने अवस्थामा पुगेको छ : पारस खड्का


189
Shares

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चूनौति दिनसक्ने अवस्थामा पुगेको बताएका छन् ।

बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडद्वारा आईसीसी टी-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप घोषणा गरेको पुरस्कार बितरण कार्यक्रममा सचिव खड्काले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रसंसायोग्य रहेको भन्दै विश्वका जुनसुकै टिमलाई चूनौति दिनसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

नेपालले विश्वकपमा व्यहोरोको हार दुखद भएपनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उनले बताए । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई निराशा हुन नदिन त्यही अनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै, नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आएपनि थप अनुभव र हौसला प्राप्त भएको जिकिर गरे । अग्रजहरुका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गरे ।

कार्यक्रममा वाइवाइले यसअघि गरेको घोषणा अनुसार क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्