Logo
Logo

कोभिड-१९ : नयाँदिल्लीमा दुई सय बढी स्वास्थ्यकर्मी संक्रमित


नयाँदिल्ली/एजेन्सी

0
Shares

नयाँदिल्ली, १६ वैशाख (एजेन्सी) । भारतको राजधानी नयाँदिल्लीमा मात्र कोभिड १९ का कम्तीमा पनि दुई सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ ।
दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हुन् । उनले नयाँदिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोभिड १९को संक्रमण भएका बताएका छन् ।
उनँले दिल्लीमा मात्र कोभिडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए । उनले मंगलबार भने, ‘यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को विरामी परेका छन् ।’ उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।
तर उनले दिएको जानकारीअनुसार कोभिड १९को उपचारका लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए ।
उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उनका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँदिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ ।
स्वास्थ्यमन्त्री जैनले भने, ‘नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।’

प्रतिक्रिया दिनुहोस्