Logo
Logo

इन्स्पेक्टर श्रेष्ठलाई सेवाबाट हटाउने गृहको चेतावनी


23.9k
Shares

काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । गत वैशाख ३ गते १५ दिनको बिदा स्वीकृत गराएका श्रेष्ठ हालसम्म सम्पर्कमा नआएपछि मन्त्रालयले सूचना जारी गर्दै स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर हाजिर रहेको र स्थायी ठेगानामा खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने समेत गृहले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्