Logo
Logo

कोभिड-१९ विरुद्ध लड्न युरोपेली संघद्वारा १० अर्ब रुपैयाँ सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ बैशाख । युरोपेली संघले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।
यहाँस्थित युरोपेली संघ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।
संघले यही वैशाख २२ गते कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्