काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
चार वर्षअघि क्यान्सरलाई जितेका श्रेष्ठ दुई महिनायता निमोनियाको उपचार गराइरहेका थिए । भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएका थिए । थइन् । उनका दुई छोरी छन् । श्रीमान् र छोराको यसअघि नै निधन भइसकेको छ ।