वीरगन्ज । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसले अर्थ मन्त्रालय पाएपछि प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।
कांग्रेसले सरकामा पठाउने ४ जनाको नाम पनि टुंगो लगाएको छ । जसअनुसरा जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।