Logo
Logo

अर्थमन्त्रीले फेरे धितोपत्र बोर्डको अध्यक्ष


1.8k
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डमा मन्त्रालयबाट प्रतिधित्व गर्ने प्रतिनिधि तथा अध्यक्ष परिवर्तन गरेका छन् ।

यसअघि मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएका नरेन्द्रकुमार रानालाई फिर्ता बोलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयका प्रमुख महेश बराललाई मन्त्री पौडेलले बोर्ड अध्यक्ष बनाएका हुन् ।

बराललाई अर्थमन्त्री पौडेलले बुधबार नै नियुक्त गरेका थिए । बरालले आज (बिहीबार) कार्यभार सम्हालेका छन् । उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका थिए ।

यसअघि नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुन अर्थमन्त्री हुँदा आफ्ना विश्वास पात्र रानालाई अध्यक्ष बनाएका थिए । बोर्डमा कार्यकारी अध्यक्ष नबनाई रानालाई अर्थ मन्त्रालयको एउटा शाखा जस्तै बोर्ड जिम्मा लगाइएको थियो ।

पछि विवाद आएपछि रानालाई अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मा दिइएको थियो । बोर्डको कामकारबाही बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारीलाई दिएर कहिलेकाहीँ मात्र बोर्डमा राना जाने गरेको स्रोतको भनाइ छ ।

अहिले बोर्ड अध्यक्षको प्रक्रिया स्थगित जस्तै छ । सरकार परिवर्तन भएसँगै यसअघिका उमेदवारहरूबाट नै छनोट गर्ने वा नयाँ प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा निर्णय भएको छैन । तर, सर्वोच्च अदालतले प्रक्रिया नरोक्न अन्तरिम आदेश दिएको अवस्था छ ।

प्रतिस्पर्धामा डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, चिरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ र कृष्णबहादुर कार्की छन् । यीमध्ये सन्तोषनारायण र मुक्तिनाथले अन्तर्वार्ता र प्रस्तुतीकरण दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्