Logo
Logo

ओली र प्रचण्डबीच वार्ता, सहमति भएन, बैठक अनिश्चित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ बैशाख ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी  शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट सकिएको छ। भेटघाटमा सहमति नभएको बताइएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने भनिएको थियो। सहमति नभएपछि आज हुने भनिएको सचिवालयको बैठक अनिश्चित बनेको छ।
मंगलबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुको बैठकमा ओली निकट नेताहरुले आज सचिवालय बैठक बस्ने जानकारी गराएका थिए।
प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै केही दिनयता पार्टीका अन्य नेताहरुलाई त्यसको विरोधमा लागेका छन् । केही नेताहरु ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा समेत छन् । त्यसविरुद्ध ओली रणनीति बनाउन व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्