Logo
Logo

सिमलताल दुर्घटना : सुदीपका परिवारलाई २ लाख सहयोग


819
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसँगै आएको पहिरोपमा परी दुई बस त्रिशुली नदीमा वेपत्ता भएका थिए ।

जसमा भरतपुर महानगरका सुदीप पनि सवार थिए । उनको शव घेटिइसकेको छ । पहिरोले बगाएका दुई बसमा ६५ जना यात्रु सवार थिए । बसमा यात्रा गरिरहेकामध्ये हालसम्म २० जनाको शव भेटिएको छ भने अन्यको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्