Logo
Logo

त्रिशुलीमा बेपत्ता २ यात्रुको शव भारतीय भूमिमा भेटियो


2k
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलताल पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका दुई व्यक्तिको शव भारतीय भूमिमा भेटिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भारतको चम्पारण नगाहस्थित नारायणी नदीमा बिहीबार राति साढे ९ बजेको समयमा २ वटा शव फेला परेको जानकारी दिए । उनका अनुसार पहिचान भइसकहेको एउटा शव नेपाल ल्याइएको र अर्को शव भने ल्याउन बाँकी रहेको छ र

यो सँगै अहिलेसम्म २३ वटा शव फेला परेका छन् । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ । फेला परेकामध्ये ८ पुरुष र १ महिलाको शव सनाखत हुन बाँकी छ । दुई वटा बसमा सवार अन्य यात्रुहरुको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्