काठमाडौं, १६ बैशाख । चलचित्र विकास बोर्डले अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ । मंगलबार गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरी रिक्त रहेको अध्यक्ष पदका लागि उम्मेदवार आह्वान गरिएको हो ।
प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेर समूहका नेपाली नागरिकले सूचना तथा संचार प्रबिधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा आवेदन पेश गर्नुपर्नेछ । अध्यक्षको मुल्याँकन ब्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिने छ ।
यसअघि न्युनतम शैक्षिक योग्यता स्नातक भएकोमा यसपटक भने प्रवीणता प्रमाणपत्र तह वा सो सरह उतिर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकाश, संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तिमा २० वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्ने प्रावधान थपिएको छ ।
गएको २९ मंसिरमा बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो । राजनीतिक उक्त पदको लागि दयाराम दाहाल, भुवन केसी, राजेश हमाल, नवल खड्का, आकाश अधिकारी, लय संग्रौलालगायतको नाम चर्चामा रहेको छ ।