Logo
Logo

सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा १२ प्रतिशत छुट पाउने


378
Shares

काठमाडौं । सिटिजन्स बैंक र बुद्ध एयर प्रालिबीच सम्झौंता भएको छ । सिटिजन्स बैंक र बुद्ध एयरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौंता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सो छुट बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्