Logo
Logo

नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन : बाबुराम भट्टराई


2.8k
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने बताएका छन् ।

शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम : अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराईले वैकल्पिक पार्टी बन्नका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।

“पार्टी गठन गर्ने, दुई चार जना मान्छे जम्मा हुने, नेता हुने, एक खालको एजेन्डा उठाइदिने र आफूलाई वैकल्पिक भन्ने त्यस्तो होइन”, अध्यक्ष डा. भट्टराईले भने, “वैकल्पिक भनेर त धेरै आउँछन् तर वास्तवमा वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जाने नै वैकल्पिक शक्ति बनेर आउँछ ।”

अध्यक्ष डा. भट्टराईले अघि भने, “त्यो एकांक्षी भयो भन्ने मेरो बुझाइ हो । त्यसले केही समय काम गर्‍यो तर एक्काइसौँ शताब्दीमा यसले काम गर्दैन । नवउदारवाद र राज्य नियन्त्रित साम्यवाद असफलतातिर गएका छन् । अब योभन्दा माथि जानुपर्छ । यी दुवैका नराम्रा पक्षलाई छाडेर, राम्रा कुरा मात्र लिएर नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने अब ‘न्यु इन्लाइटन्मेन्ट’ चाहिन्छ । स्वतन्त्रता, समानता र भ्रातृत्वको समुच्चता सहितको नयाँ विचार चाहिन्छ भन्ने बहस हो । यसलाई नै वैकल्पिक शक्ति भनेको हो ।”

पुस्तकबारे चर्चा गर्दै उनले शीर्षकले गर्दा बाबुरामको मात्र गुणगान गाएको हो कि जस्तो लाग्ने भए पनि पुस्तक त्यस्तो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्