नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग मिल्दोजिल्दो छ । दुई वर्ष अगाडि पुराना दलबाट देशले निकास नपाएको भन्दै टेलिभिजन पत्रकारिता त्यागेर नयाँ पार्टी खोले । उनी नयाँ जोस, जाँगरसहित राजनीतिमा होमिएका थिए । तर, आज रवि आयो हात्ती आयो फुस्साजस्तै भएका छन् ।
राजनीतिक दलका नेताहरुलाई गाली गर्दै राजनीतिमा होमिएका उनै रवि आज आफ्नै कारण पतनको बाटोमा गएका छन् । रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्काशित गर्ने निर्णयले रविमा पनि पुराना दलकै प्रवृति देखिएको छ ।
पत्रकारिता हुँदा उनले सत्ता र पदको लोभले पार्टी फुटाउने गरेको भन्दै सत्तेश्राप गाली गर्ने गरेका थिए । स्वार्थकै कारण आज उनको पार्टी फुटको संघारमा छ ।
पुराना राजनीतिक दलभन्दा फरक कार्यशैली र योजना बनाउँदै उदाएको रास्वपामा पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रवृति हावी भएको देखिन्छ । एमालेको १०औं महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट भीम रावलले रोकेका थिए । त्यसपछि रावललाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाए । कतिसम्म भने ओलीले २०७९ को आमनिर्वाचनमा किकट समेत दिएनन् ।
नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर एमाले प्रवेश गरेका झपट बोहरालाई रावलको क्षेत्रमा टिकट दिए । तर, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १० हजार ५ सय ३४ मतले विजयी भए । बोहरा कुँवरसँग ४ हजार ४ सय ८० मतान्तरले पराजित भए ।
रावललाई ओलीले एमालेको विधान महाधिवेशनमा समेत प्रवेश दिएनन् । आज रावल गुमनाम छन् । सम्भवतः ओली अध्यक्ष रहेसम्म रावलले संसदीय राजनीतिबाट हात धुन पर्ने स्थिति छ । आज रविले पनि मुकुलको अवस्था त्यस्तै बनाइदिएका छन् । पार्टीबाटै हटाएका छन् । अब सम्भवतः मुकुललाई रविले पार्टीमा कुनै स्थान दिने छैनन् ।
मुकुलले समीक्षा यात्राबाट बनाएको प्रतिवेदनमा उठाएका प्रश्नहरु ७० प्रतिशत सत्यता रहेको कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झाले बताएका छन् । पार्टीको यहि अवस्थामा रहे सकिने निश्चित रहेको उनले स्वीकारेका छन् ।
सरकारमा हुँदा पनि रवि र रास्वपाका मन्त्रीहरुले जनताले गरे अपेक्षाअनुसार काम गर्न सकेनन् । सरकारबाट बाहिरिँदै गर्दा हतारमा सरकारमा जानु गल्ती भएको स्वीकारे ।
मुकुलले उठाएका प्रश्नहरुमा रविले प्रतिशोध साँधे । रविलाई सच्याउने मुकुलको चाहना थियो । तर, परिस्थिति उल्टो भयो । उल्टै मुकुल रविबाट कारवाही भोग्न बाध्य भए । आज मुकुलले रविको वास्तविकता खोल्न थालेका छन् ।
रविले भारतसँग आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्न लागेको मुकुलको दाबी छ । प्रहरी सरुवा, बढुवामा पनि रविले ठुलो चलखेल गरेको आरोप लगाएका छन् । त्यस्तै, उपसभापति स्वर्णिम वाग्लेले पनि नेपाललाई भारतको एउटा राज्य भुटानजस्तो बनाउन राजदुतलाई प्रस्ताव राखेको आरोप लगाएका छन् ।
पार्टी गठन भएको ६ महिनामै अप्रत्यासित जित निकाल्दै रास्वपा चौथों शक्तिका रुपमा उदायो । तर, दुई वर्षमै पार्टीभित्र प्रतिशोध राजनीतिका कारण पतनको बाटोमा पुगेको छ ।
रास्वपाको महामन्त्री भइसकेका मुकुलले लगाएका यी आरोपमा सत्यता कतिसम्म छ, उनै जानुन । तर, यी कुरा सत्य होइन भने यस्ता आधारहीन कुरा गर्न र देश नै बेच्ने जस्ता शंसय कुरा गर्न मुकुललाई छुट छैन ।
तर, सरकार गठन हुनु र भत्किनुमा बाहिरी शक्तिको हात पहिलादेखि रहँदै आएको छ । रवि र स्वर्णिमले कुनै पनि राजदुतसँग भेटघाट गर्नु र छलफल गर्नु कुनै नौलो होइन । तर, मुकुलले लगाएका आरोपहरू साँचो हो भने देशका लागि ठुलो आपराध हो ।
त्यस्तो त पार्टीबाट कारवाही गरेको झोकमा मुकुलले विभिन्न आरोप लगाएको विश्लेषण पनि भइरको छ । मुकुलले भने आरोप नभई सत्य रहेको दाबी गरेका छन् । अनुसन्धान गरे पनि आफू तयार रहेको उनले बताएका छन् ।
टेलिभिजनमा हुँदा रविले भन्थे– ‘नेतालाई टुँडीखेलमा राखेर नाँकको डाँडी भाँचिने गरि हान्नु मन छ ।’ तर, छोटो समयमा राष्ट्रिय राजनीतिमा उदाएका रवि अहंकारले सिंगो पार्टी नै घर न घाटको भएको छ ।
सडकमा डुंगा, मुडा नगरी टायर नबाली आन्दोलन नगरी नेता भएका रविमा अपरिपक्कता छर्लङ्ग देखिन्छ । आज उसैको भनाइ सापट लिएर भन्ने हो भने मलाई भन्न मन छ, रविलाई टुँडीखेलमा राखेर नाँकको डाँडी भाँचिने गरि हान्न मन छ ।
हिजो जुन नेतालाई गाली गरेर नथाक्ने रविले आज उनै नेतासँग काँधमा काँध मिलाएका छन् । फोहोरी राजनीति खेलबाट निस्किन नसक्ने गरि डुबेका छन् ।
ओली र प्रचण्डको बुँई चढेर गृहको कमाण्ड सम्हाल्न पुगेका रविको दोस्रो कार्यकाल विवादै विवादमा बित्यो । पहिलो कार्यकालमा उनी ‘अनागरिक’ हुँदै गृहमन्त्रालयबाट बाहिरिएका थिए । रविकै सत्ता मोहले पार्टीका नेताहरु नचाहदा नचाहदै पटकपटक सरकारमा जान बाध्य भएका छन् ।
मुकुल र रवि रास्कोट हस्पिटल निर्माण गर्दादेखि नजिक भएको थिए । मुकुलकै प्रस्तावमा रविले सहयोग संकलन गरि अस्पताल निर्माण सम्पन्न भयो । त्यसपछि मुकुल स्टार होस्पिटलका निर्देशक थिए ।
जब रविले पार्टी खोल्ने योजना बनाए । मुकुल पनि रविसँग नजिक भए । रविले संस्थापक महामन्त्री र प्रवक्ता बनाए । पार्टी खोलेको ६ महिनामै अप्रत्यासित जित निकाल्यो । चौथौं शक्तिको रुपमा उदय भयो ।
तर, रास्वपा जसरी उदायो, उसैगरी पतन हुँदै गएको छ । दुई वर्षमै पुरानाभन्दा रास्वपा केही फरक नभएको पुष्टि भइसकेको छ ।
रविले गृह मन्त्रालय सम्हालेको ४ महिनामा सिंको पनि भाच्न सकेनन् ! गृहमन्त्रीको पदभार गर्दा उनले निर्मल पन्तको हत्यारा पत्ता लगाउने दाबी गरेका थिए । तर, सहकारी ठगीमा मुछिएका जीवी राई जोगाएको आरोप खेप्दै बाहिरिनुप¥यो । मन्त्री बन्दै गर्दा ‘वाह’ भन्नेहरूले ‘छ्या’ भने ।
रविले चाहेको भए चार महिनामा धेरै काम गर्न सक्ने थिए । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टि स्टेट प्रकरणदेखि अन्य धेरै प्रकरणका फाइल खोल्न सक्थे । जीबीलाई पक्राउ गर्न सक्थे । तर, आफ्नै पोल खेल्ने हुँदा जीवीलाई पक्राउ गरेनन् ।
तर, रवि पुराना नेताझैं कामभन्दा बढी गफ दिन र जनतालाई ढाट्ना तिर लागे । जसको परिणाम रविले ८४ को निर्वाचनमा देखिन्छ । जनताले रविको मुल्यांकन आउने निर्वाचनमा अवश्य गर्नेछन् ।