Logo
Logo

सीमा सुरक्षाका लागि म्यादी प्रहरी


- दृष्टि न्युज/संवाददाता

0
Shares

file photo

चन्द्रौटा, १७ बैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मंगलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले गरेको निर्णयले लकडाउनको प्रभावकारी कार्यान्वयन र शान्ति सुरक्षामा मद्दत पुग्ने इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक मधु नेपालले बताए । म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मातहत राखिने गाउँपालिकाको योजना छ । सरकारले लगाएको लकडाउन अवधिमा उनीहरुले काम गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्