Logo
Logo

आज विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री


819
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
महराले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

उनले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ । प्रदेश सचिव दुर्लभकुमार पुनले आज मुख्यमन्त्री महराले विश्वासको मत लिने तयारी रहेको बताए ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले मुख्यमन्त्री महरासँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक–एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ । मुख्यमन्त्रीले बहुमत गुमाएकोले उनी आजै सत्ता बहिर्गमन हुने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्