काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।
शनिबार बसेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।