Logo
Logo

बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने


1.2k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले राजीनामा दिने भएका छन् । आइतबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले राजीनामा दिन सुझाएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।

माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले संसदीय दलले दिएको सुझावलाई मुख्यमन्त्री जमकट्टेलले कार्यान्वयन गर्ने बताए । यसअघि जम्कट्टेलले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए ।

२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । तर, साढे २ महिनामै एमाले सरकारबाट बाहिरिएपछि जमकट्टेल नेतृत्वको सरकार ढलेको हो ।

प्रतिक्रिया दिनुहोस्