Logo
Logo

पत्रकारलाई ज्याकेट : ‘पासविनाका सवारी साधन रोक्छौँ’


- दृष्टि न्युज/संवाददाता

0
Shares

बाुजरा, १७ बैशाख । लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएसँगै बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले लकडाउनमा थप कडाइ गरिने बताएका छन् । उनले जिल्लामा पासविनाका सबै सवारी साधनलाई आवतजावतमा पूर्णरुपमा रोक लगाउने बताएका छन् ।
पासविना सवारी साधन सञ्चालन गर्नाले लकडाउनको उल्लंघन हुने भन्दै मंगलबारबाट थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेकोे भनाइ छ । पहिला पनि पासविना सवारी साधन आवतजावत गर्न दिएको थिएन, अबदेखि लकडाउनमा थप कडाई गर्ने बताएका छन् ।
गृह मन्त्रालयले विना पासका गाडी रोक्न निर्देशन दिइसकेको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो ।
लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र स्थानीय ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गदै पास विनाका सवारी साधन आवतजावतमा पूर्ण रुपमा रोक लगाउने निर्देशनपश्चात बाजुरा जिल्लामा समेत विना पासका सवारी साधनलाई आवतजावतमा रोक लगाएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर निस्कनसमेत रोक लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले भने, ‘पास विनाका सबै सवारी साधन संचालनमा रोक निर्देशन भएको छ ।’
यस्तै, जयमालिका यातायात प्रालिले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई जकेट बाँडेको छ । रिपोटीगका लागि खटिने पत्रकारका लागि पहिचान चिनारीको रुपमा प्रयोग गरिने लाइभ जकेट बाँडेको छ ।
क्रियाशिल ३७ जना पत्रकारलाई लाइभ जकेट बाँडेको प्रालिका उपाध्यक्ष पृथ्वी रावलले जानकारी दिएका छन् । प्रालिको कार्यालयमा बोलाएर बडिमालिकाका नगरप्रमुख पदम बडुवालले जकेट हस्तान्तरण गरेका हुन् ।
सम्बन्धित सञ्चारमाध्यमका प्रतिनिधिलाई बोलाएर ज्याकेट वितरण गरिएको समन्वय कर्ता रासस प्रतिनिधी प्रेम रौलेले बताएका छन् । जयमालिका यातायात प्रालिका पदाधिकारी तथा सदस्यहरु उपस्थिति वितरण कार्यक्रममा नगरप्रमुख पदम बडुवालले पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहलाई औपचारिक रुपमा ज्याकेट हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्