एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताएका छन् ।
अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी ¥यालीलाई सम्बोधन गरेका हुन् । उनको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि थिए ।
शुक्रबार उनले खचाखच भरिएको र्यालीस्थल ग्रान्ड ¥यापिड्समा डेमोक्र्र्याट्सले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताएका थिए ।
उनले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।
गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुगेका थिए । तर मिशिगनको र्यालीमा उनले आफ्नो कानमा पट्टी बाँधेका थिएन ।