Logo
Logo

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान


1.8k
Shares

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

आइतबार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए । नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दाबी गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्