Logo
Logo

माधव नेपाल, गणतन्त्र र आजको नेकपा


यादवचन्द्र शर्मा

882
Shares

काठमाडौं, १७ बैशाख । १८औँ शताब्दी यता अधिकार र स्वतान्त्रताको पक्षमा शोषण, दमन र उत्पीडनविरुद्ध घनीभूत संघर्षहरु हुन थाले । यिनै संघर्ष र आन्दोलनहरुको भावभूमिमा नेतृत्वदायी व्यक्तिको पहिचान भयो । विशिष्ट योगदान पु¥याएका व्यक्तिहरु नेतृत्वमा स्थापित हुन थाले । राजाको सन्तान राजा नै हुने मान्यताको क्रमभंग हुँदै गयो । देश र जनताप्रति समर्पित एवं क्रियाशील व्यक्तिहरु राजकीय भूमिकामा उदाउन थाले । नेपालको राजनीतिक इतिहास पनि यही सेरोफेरोबाट अघि बढेको छ ।

२०४६ को जनआन्दोलन परिचालन कमिटीमा रही जिम्मेवारी सम्हालेका उनी तात्कालिन महासचिव स्वर्गीय मदन भण्डारीको निकट रहेर देशका विभिन्न पार्टीहरुसँग वार्ता, समन्वय र सहकार्यको योजना तर्जुमा गर्नुका साथै वैचारिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान गरेका छन् । २०४७ सालको संविधान निर्माण प्रकृयामा तात्कालिन नेकपा (माले)को प्रतिनिधित्व गर्दै निर्णायक भुमिका निर्वाह गरे । त्यस अवधिमा भरतमोहन अधिकारीसँगको सान्निध्य र सहकार्यको जगमा माधव नेपालको प्रयत्नले माले माक्र्सवादी पार्टी एकिकरणको आधार भुमी तयार भयो र २०४७ सालमा एकिकरण प्रकृयाले पूर्णता पायो ।

हाम्रा सामाजिक अभियन्ताहरु पनि समयको विभिन्न कालखण्डमा खेलेको सकारात्मक भूमिका र पु¥याएको ऐतिहासिक योगदानका आधारमा नेता भएका हुन् । सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिक रुपान्तरणका लागि उनीहरुले पु¥याएको योगदानको समष्टि नै आजको उपलब्धी हो । पार्टी पंक्तिको अटल विश्वास, अगाध आस्था र अथक परिश्रमकको आधारभूमिमा नेतृत्व पुञ्जको विकास हुन्छ । तिनैको त्याग, तपस्या र वलिदानले आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पाइदानमा खडा गरिदिएको छ र हामी इतिहासको एउटा विशिष्ट चरणबाट सुखी नेपाली : संमृद्ध नेपालतर्फ अघि बढिरहेका छौँ ।
हामी द्धन्द्धात्मक भौतिकवादका अनुयायी हौँ । यसलाई बुझ्ने र व्यवहारमा प्रयोग गर्ने सन्दर्भमा सबैजना उत्तिकै कुशाग्र नहुन पनि सकौँला तर हामी सबैले यसका आधारभूत पक्षहरुलाई बुझेका छौँ । यसर्थ कसैको चर्चा वा टिप्पणी गर्दा उ कमिकमजोरीरहित थियो भन्ने निश्कर्ष वा उ एउटा कमीकमजोरीहरुको पोकोमात्र थियो अर्थात उसँग केही छैन, सम्पूर्ण रुपमा रित्तो छ भन्ने निष्कर्षतिर लाग्नु घोर अद्वन्द्ववादी चिन्तनको उपज हुनपुग्छ ।
त्यसैले गर्दा कम्युनिष्ट पार्टीको संरचनागत ढाँचालाई सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको जगमा खडा गरिएको हुन्छ । सबैको रचनात्मक योगदानका कारण राष्ट्रले नयाँ उचाई ग्रहण गर्दछ । कसैको उछितो काढ्ने र कसैको देवत्वकरण गर्ने कार्य परिवर्तन, विकास र उन्नतीको द्योतक हुन सक्दैन । यि दुवै कृयाहरु ‘सफेद पोश अपराध’ हुन् । यसको पक्षपोषण गर्ने संस्कार र संस्कृतिले हामिले निमार्ण गर्न खोजको आदर्श नागरिक र सवल राष्ट्र बन्न सक्दैन र संमृद्ध राष्ट्रको जग पनि बस्दैन । यि विषय प्रति दृष्टिपात गर्दा यतिखेर हाम्रो यात्रा साता घुम्तिको ओरालो मा ब्रेकफेल भएको सवारी साधनबाट, मातेको चालक र निदाएको सह–चालकका साथ अनिश्चित गन्तव्य तर्फ यात्रारत रहेको अनुभूति हुन्छ । यस प्रति हामी सवै सचेत रहन आवश्यक छ ।
भनिन्छ, पृथ्वी गोलो छ, तर म चेप्टो देख्छु । यो मेरो दृष्टि भ्रम होइन वरु यो मेरो दृष्टी पहुँचको परिणाम हो । यसर्थ कसैले के देख्छ, के वुझ्छ र के लेख्छ यो महत्वपूर्ण होइन । हामीले हाम्रा अगुवाहरुको उचित सम्मान गरेका छौँ, छैनौँ ? हाम्रो इतिहासका सकारात्मक पक्षहरुप्रति गौरववोध र नकारात्मक पक्षहरुबाट शिक्षालिँदै वर्तमानको समुचित उपयोगमा भविष्य निमार्णको खाका कोरेका छौँ–छैनौँ ? भन्ने विषय महत्वपूर्ण हो । इतिहास एउटा यस्तो विषय हो जसवाट उचित शिक्षा नलिए एकदिन नराम्ररी दण्डित हुनु अपरिहार्य छ ।
२०५० जेठदेखि २०६५ बैशाखसम्मको अवधि तत्कालिन एमालेका लागि अत्यन्तै प्रतिकुल रह्यो । यसै अवधिमा पार्टी महासचिव मदन भण्डारी र जीवराज आश्रितको षडयन्त्रपूर्ण जीप दुर्घटनामा अवशान भयोे । २०५४ सालको पार्टी विभाजन र २०६४ सालको संविधान सभा निर्वाचनमा भोगेको पराजय केही मुख्य घटना हुन् । यी प्रतिकुलताहरुका बीच महासचिवको पदबाट राजिनामा दिएर मुल्यको राजनीति (Value Politics) माधवकुमार नेपालले नै शुरु गरेका हुन् । आन्तरिक किचलोमा उल्झिएको राजनीतिलाई निकास दिन प्रवल बहुमतमा रहेको बेला समेत प्रधानमन्त्री पदबाट राजिनामा दिएर द्वन्दको निकास खोज्ने अद्वितीय कार्य उनैले गरेका हुन् । यसले माधव नेपाललाई समसामयिक नेपाली राजनीतिको शिखरमा पु¥याएको छ । तर, हिजोआज केही कलमहरु सार्वजनिक सञ्चारमाध्यम मार्फत माधव नेपालको योगदानमाथी मसी छर्र्र्किएर इतिहासमाथि फोहोर छ्याप्न उद्यत छन्, यो निश्चय नै दुखद, विडम्वनायुक्त र खेदजन्य छ ।
संगठनको ब्यवस्थापन र आन्दोलनको संयोजनले एउटा व्यक्तिलाई नेतामा रुपान्तरण गर्दछ । त्यसैले नेता आमाको कोखबाट नभई जनताको काखबाट जन्मन्छ, परिस्थितिले परिपक्व बनाउँछ । अध्ययन अनुसन्धान र सांगठानिक संवादले अगुवा बनाउँछ । यसर्थ A leader is always par among the peers  भनिन्छ । अन्य कुनै नेताको अवमुल्यनमा अर्का कसैको उच्च मुल्याँकन हुन सक्दैन । एउटालाई छोट्याएर अर्कोलाई लम्ब्याउने सोचले दुवैलाई छोट्याउँछ । त्यसैले यो लेखको आशय माधव नेपालका योगदानहरुको अतिरञ्जित प्रसंशा गर्नु होइन, बरु इतिहासको एउटा सानो प्वाँल उघारीदिने प्रयत्न हो ।
इतिहासका विभिन्न चरणहरुमा भएका विद्रोह, संघर्ष र जनउभारहरुलाई संस्थागत एवं पुर्नगठित गर्ने क्रममा २०३२ जेठ महिनामा क्रान्तिकारी कम्युनिष्ट को–अर्डिनेशन केन्द्र (कोके)को गठन भएको थियो । यसले २००६ बैशाखमा पुष्पलालद्वारा स्थापित कम्युनिष्ट पार्टीको २०२२ सालपछि परेका चोइटाहरुलाई समेट्न सुरु ग¥यो । यसका संस्थापकमध्येका माधव नेपाल र सी.पि मैनाली आज पनि छँदै छन् । तर, सी.पि मैनाली भने मुलधारमा रहेनन्, किनारा लागेका छन् भने माधव नेपाल मूलधारको नेतृत्व पंक्तिमा छँदैछन् ।
तत्कालिन कोके २०३५ पुसमा पुनर्गठित भइ नेकपा (माले) भयो । यस अवधिमा देशका विभिन्न भागमा छरिएर रहेका कम्युनिष्ट समूहहरु एकिकृत हुँदै जाँदा माले एउटा ससक्त र सुसंगठित पार्टी बन्दै गयो । २०३५ देखि २०५० सालसम्मको समग्र अवधिमा माधव नेपाल महासचिव पछि देश्रो वरियता र कार्यभार भएको नेता रहे । यस कालखण्डमा सिंगो पार्टीभित्र उनी सबभन्दा सक्रिय, अथक परिश्रमी, गतिशिल, इमान्दार, सच्चरित्रवान, अनुशासनप्रिय, जिम्मेवारी र उत्तरदायित्वको कुशलतासाथ पालना गर्ने नेताको रुपमा स्थापित भए ।
२०४६ को जनआन्दोलन परिचालन कमिटीमा रही जिम्मेवारी सम्हालेका उनी तात्कालिन महासचिव स्वर्गीय मदन भण्डारीको निकट रहेर देशका विभिन्न पार्टीहरुसँग वार्ता, समन्वय र सहकार्यको योजना तर्जुमा गर्नुका साथै वैचारिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान गरेका छन् । २०४७ सालको संविधान निर्माण प्रकृयामा तात्कालिन नेकपा (माले)को प्रतिनिधित्व गर्दै निर्णायक भुमिका निर्वाह गरे । त्यस अवधिमा भरतमोहन अधिकारीसँगको सान्निध्य र सहकार्यको जगमा माधव नेपालको प्रयत्नले माले माक्र्सवादी पार्टी एकिकरणको आधार भुमी तयार भयो र २०४७ सालमा एकिकरण प्रकृयाले पूर्णता पायो । २०५० जेठको दासढुंगा जीप दुर्घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमयी हत्यापछि २०५० जेठ ९ गतेका दिन तात्कालिन एमालेले माधव नेपाललाई सर्वसम्मत रुपमा महासचिव चयन ग¥यो ।
तत्पश्चात उनको नेतृत्वमा अघि बढेको नेकपा एमालेले शोकलाई शक्तिमा बदल्दै २०४८ सालको आमचुनावमा दोश्रो स्थानमा रहेको पार्टीलाई पहिलोमा पु¥याएर २०५१ सालमा अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार गठन ग¥यो । अध्यक्षको सल्लाह, सुझाव र समन्वयमा कार्यकारी महासचिवको हैसियतमा माधवकुमार नेपालले पार्टीका नियमित वैठक सन्चालन गरे । ति बैठकहरुमा व्यापक छलफल गर्दै, सामुहिक र संस्थागत निर्णय हुन्थे । कमी कम्जोरीहरु सच्याउदै अघिवढ्ने क्रम निरन्तर रहयो । यही समयमा सरकारले अघिसारेका ‘आफ्नो गाउँ आफै बनाऊँ’ ‘नौ स को कार्यक्रम’, ‘ज्येष्ठ नागरिक सम्मान (वृद्ध भत्ता) सहितको सामाजिक सुरक्षा कार्यक्रम’, ‘भुमिसुधार आयोगको गठन’ र ‘सुकुम्बासी समस्या समाधानको पहल’ लगायतका कामहरु आज पनि अत्यन्तै लोकप्रिय छन् । तात्कालिन नेकपा एमालेको पाँचौँ केन्द्रिय कामिटीको १८औँ अपानिले यी सबै कुराको श्रेय माधव नेपाललाई दिएको छ ।
यसका अतिरिक्त पार्टी र सरकारको सम्पर्क एवं समन्वयका लागि स्थायी कमिटी सदस्य रहेका वामदेव गौतमलाई उप–महासचिवमा पदोन्नती गरी पार्टी केन्द्रिय सचिवालयको नेतृत्व हस्तान्तरण गरियो । नीति–कार्यक्रम तथा वार्षिक वजेट र योजनाहरु जस्ता सरकारका महत्वपूर्ण निर्णयहरु स्थायी कमिटीमा छलफल गर्ने, पार्टी कमिटी मार्फत भएका निर्णयहरु सचिवालयबाट कार्यन्वयन गर्ने, गराउने, राज्य व्यवस्था विभागबाट सिफारिस भैआएका महत्वपूर्ण राजनीतिक नियुक्तिहरुको संस्थागत निर्णय प्रक्रियामार्फत कार्यान्वयन गराउने असल परम्परा माधव नेपालले नै बसालेका थिए ।
माधव नेपालको नेतृत्वकालमा पार्टी केन्द्रिय कार्यालयको भव्य बल्खू भवनमात्र निर्माण भएको हैन, उनकै अभिप्रेरणा र प्रोत्साहनमा धेरै जिल्ला कार्यालय भवनहरु, अञ्चल कार्यालयहरु र विभिन्न प्रतिष्ठानका भवनहरु निर्माण भएका हुन् । कलंकीस्थित आफ्नो आधा रोपनी जमिन पार्टीलाई हस्तान्तरण गर्नुका साथै पार्टीको आयश्रोत वृद्धि कार्यक्रम, आर्थिक सुदृढिकरण तथा पूर्णकालिन कार्यकर्ता राहतसम्बन्धि व्यवस्था उनैले सुरु गरेका हुन् । पार्टीभित्र सैद्धान्तिक, संगठानिक, कार्यशैलीगत र नैतिक आचरणमा देखिएका विकृति–विसंगतिका विरुद्ध ‘शुद्धिकरण–सुदृढिकरण अभियान’ सञ्चालित भएका थिए ।
त्यसैगरी महिला, कमैया–कम्लरी, दलित, मधेसी, मुस्लिम, आदिबासी र विभिन्न समुदायका जनताको हकहित र अधिकारको पक्षमा अनेक निर्णय भएका थिए । त्यही कार्यकालको परिणाम नै जनताबीच नेकपा (एमाले) लोकप्रिय पार्टी बनेको हो ।
पार्टी केन्द्रिय सचिवालयमा उप–महासचिवको निजी सचिव रहेको हुँदा कुटनीतिक नियोगका प्रतिनिधीहरुसँगको कुराकानीमा मेरो घनिभूत उपस्थिति रहने गर्दथ्यो । त्यसवखतका कुटनीतिक सम्वादहरुमा विभिन्न नियोगका प्रतिनिधिहरुले नेपालको कम्युनिष्ट सरकार प्रति पूँजीवादी शक्तिहरुले नाकावन्दी लगाए के गर्ने ? लोकतान्त्रिक प्रणालीप्रति तिमिहरु साँच्चिकै प्रतिबद्ध छौँ ? सर्वहारा वर्गको अधिनायकत्वबारे के धारणा छ ? नीजि सम्पत्तिको राष्ट्रियकरणबारे पार्टी अवधारण तथा खुल्लाबजार र उदार अर्थतन्त्र सम्बन्धमा उठाइने यस्ता सयकडौँ प्रश्नको उत्तर दिनु पथ्र्यो । तर, परराष्ट्रमन्त्रीको हैसियतले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा माधव नेपालद्वारा प्रस्तुत अवधारणा र व्यक्त प्रतिवद्धताहरुका कारण अन्तर्राष्ट्रिय समुदायबीच विश्वासको वातावरण सुदृढ हुँदै गयो, प्रश्नको बाढी घट्न थाले र द्विपक्षीय हित र सहकार्यका कुरा बढ्न थाले । यसले उनीहरुसँग बिश्वासको वातावरणलाई सुदृढ गरायो, द्विपक्षिय हित र चासोका विषयहरु पृथक धरातलमा आइपुगे र द्वियपक्षिय तथा वहुपक्षियसम्बन्ध नयाँ उचाइमा पुगे ।
२०५४ को स्थानीयतह निर्वाचनमा पार्टीले प्राप्त गरेको ६५ प्रतिशत स्थान माधव नेपालको कुशल नेतृत्व र २०५१ को सरकारका जनप्रिय कामको परिणाम थियो । यतिबेलै पार्टीमा भएको दुःखद विभाजनले २०५६ सालको संसदीय निर्वाचनमा वाञ्छित सफलता प्राप्त गर्न नसकेपनि संसदमा पार्टीको सम्मानजनक उपस्थिति र सशक्त भूमिका रह्यो । सदन र सडकमा एकसाथ संघर्षको कुसलतापूर्वक संयोजन गर्न सकेकाले विभाजित भएर गएको शक्तिलाई माधव नेपालकै लचकतापूर्ण तथा संयोजनकारी भूमिकाले पुनः एकिकरणको प्रक्रियामा ल्याउन सम्भव भयो ।
सशस्त्र विद्रोही धारले २०५२ सालबाट सुरु गरेको जनयुद्धले २०५६ सालसम्म आइपुग्दा एउटा निश्चित आकार ग्रहण गरिसकेको अवस्था, तत्कालीन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थिति र सम्भावित राष्ट्रिय संकटप्रति गम्भिर विश्लेषण गरी द्वन्द्वको शान्तिपूर्ण निकास दिन र नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा अवतरण गराउने उद्देश्यका साथ माधवकुमार नेपालले भारतको पटना पुगेर तात्कालिन माओवादी अध्यक्ष प्रचण्डसँग घनिभूत छलफल चलाएका थिए । उक्त छलफल र विचार विमर्शमा युद्धको मार्ग त्यागी शान्तिपूर्ण निकास खोज्न आग्रह गरिएको थियो ।
यसैगरी भारतकै गोरखपुर, सिलिगुडी, लखनउ र दिल्लीसम्मका सिलसिलेवार भेटघाट, छलफल र विचार विमर्शहरु जारी रहे । कुनै सञ्चार माध्यमका कार्टुनिष्टको ‘उहाँ हाललाई मोवाइलको स्वीच खुसुक्क अफ गरी लुसुक्क लखनउ तिर लाग्नु भएछ’ भनेर प्रकाशित कार्टुन आज पनि मेरो सम्झनामा ताजै छ । माधव नेपाल शान्ति प्रक्रियाको थालनी, विकास र पूर्णताप्रति अविच्छिन्न आशावादी र सततः कृयाशील रहे र यसलाई तार्किक निष्कर्षमा पु¥याइ नयाँ इतिहास रच्ने कार्यमा निर्णायक भूमिका खेले ।
तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगामी कदमविरुद्ध संघर्षको दौरानमा नेपाली कांग्रेसलगायतका पार्टीहरुसँग सात दलीय संघर्ष समिति निर्माण गरी लोकतान्त्रिक गणतन्त्रको पक्षमा आन्दोलन उठाउने काम गरे । यस सन्र्दभमा बुटवलमा एमालेको विशाल जनसभा र ¥यालीको आयोजना नेता नेपालकै नेतृत्वमा भएको थियो, जसले जनआन्दोलन मार्फत परिवर्तन गर्न चाहने लोकतान्त्रिक शक्तिहमा आशाको सञ्चार गरेको थियो । यसको प्रभावमा देशका विभिन्न ११ ओटा शहरहरुमा आयोजना गरिएका सभाहरुमा हजाराँैको संख्यामा जनसहभागिता रह्यो, अनन्तः देशका विभिन्न भागहरुमा विरोधसभा र ¥यालीहरु आयोजना हुन थाले । माधव नेपालले यी सबै संघर्षहरुका दौरानमा जन आन्दोलनको बलमा सफलता प्राप्त गर्न सकिन्छ, प्रतिगमन परास्त हुन्छ र नयाँ नेपालको जग बसाल्न सकिन्छ भन्ने विश्वास जनताबीच जागृत गराए । उनी राजतन्त्रसँग समकालीन राजनीतिको सम्बन्ध निषेधात्मक रहन्छ भन्ने निश्कर्षमा थिए । त्यसैले जनआन्दोलनको निर्णायाक मोडतिर दरबारबाट आएका जनविरोधी प्रस्तावलाई अस्विकार गर्दै लोकतान्त्रिक गणतन्त्रबाहेक अन्य बिषयमा सम्झौता हुन नसक्ने सन्देश पठाएका थिए । अन्त्यमा उनकै अगुवाइमा मस्यौदा भएको राजकीय घोषणामा ‘प्यारा देशबासीहरु’ र ‘अन्त्यमा, पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्ने बाक्यांश थपी तात्कालिन राजाले बाचन गरेका थिए । यसबाट संसद पुनस्र्थापना भई पुनस्र्थापित संसदले अन्तरिम संविधान जारी गर्दै संविधानसभाको निर्वाचन घोषणा ग¥यो र निर्वाचित संविधानसभाले राजतन्त्र उन्मूलन गरी गणतन्त्र स्थापना ग¥यो ।
तत्कालीन माओवादीप्रति माधव नेपालको लचकतापूर्ण धारणा थियो । उनको सकारात्मक दृष्टिकोण र समालोचनात्मक अभिव्यक्तिले उनी सो आन्दोलनप्रति चिन्तित छन् भन्ने कुरा प्रष्ट हुन्थ्यो । विचारको हिसावले उक्त आन्दोलन उग्र¬वामपन्थी चरित्रको भएपनि आन्दोलनको हिसाबले राजनीतिक रहेको भन्ने उनको ठहर थियो । जस्तोसुकै परिस्थितिमा पनि उनीहरुसँग संघर्ष, एकता, रुपान्तरण र अझ उन्नतस्तरको एकताको नीति अख्तियार गरिएको थियो र उक्त नीतिलाई केन्द्रिय कमिटीको बैठकबाट पारित गरिएको थियो । यहि नीतिको जगमा माधव नेपालको प्रयत्नमा आजको पार्टी एकता सम्भव भएको हो ।
माधव नेपालकै योजनामा तात्कालीन माओवादी अध्यक्ष प्रचण्डसँग भएको सल्लाह बमोजिम २०६२ सालमा रोल्पाको घर्तीगाउँमा प्रचण्डलाई भेट्ने गरी तत्कालीन एमालेका स्थायी कमिटी सदस्यद्वय वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको थियो । दुवै पक्ष सम्मिलित यो टोलीले दुई दिनसम्म घनिभूतरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, शसस्त्र विद्रोहले ब्यहोरेका धक्का र घाटाहरुका साथै आन्दोलनका विभिन्न पक्ष र रुपका बारेमा विशेष चर्चा गरेको थियो । यो छलफलको निष्कर्षको रुपमा संविधानसभाको निर्वाचन र गणतन्त्र प्राप्तिका लागि शान्तिपूर्ण संयुक्त जनआन्दोलन सञ्चालन गर्ने गरी दुई पार्टीबीच ६ हुँदै सहमति भयो । यही सहमतिको जगमा माओवादी तथा तात्कालिन राजाका जनविरोधी कदमबिरुद्ध संघर्षरत ७ दलबीच १२ बुँदे सहमति सम्भव भयो ।
प्रतिगमन विरोधी आन्दोलनको क्रममा नजरबन्दीबाट मुक्त भएपछि माधव नेपालको अध्यक्षतामा बसेको सातौँ केन्द्रिय कमिटीको नवौँ बैठकले संविधान सभाको निर्वाचनका साथै लोकतन्त्र एवं गणतन्त्र प्राप्तिका लागि समेत अघि बढ्ने निर्णय ग¥यो । कतिपय नेताहरुले उक्त निर्णयप्रति असहमति प्रकट गर्दै फरक मत दर्ता गराएका थिए । जनआन्दोलनको राप-तापमा संसद पुनस्र्थापित भई सकेपछि गणतन्त्रको विपक्षमा राजतन्त्रात्मक प्रणालीलाई जिबित राख्नका लागि सांकेतिक रुपमै भएपनि राजतन्त्रलाई आस्तित्ववान गराउने प्रयत्नमा आन्तरिक तथा वाह्य शक्तिहरुबाट पर्याप्त चलखेल भएको थियो । तर, माधव नेपाल नै त्यो व्यक्ति हो, जसले जनआन्दोलनलाई गणतन्त्रबाहेक अन्य कुनै कुरा स्वीकार्य नहुने दृढ अडान कायम राख्यो ।
उनले सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नेक्रममा धेरै खतरा मोलेका छन् । राष्ट्रिय संकटलाई द्वन्द्वरत पक्षको जीत अनुभूति हुने वातावरण सिर्जना गरि सर्वोत्तम निकास दिए । सेना समायोजनको जटिलतम कार्यलाई सहजतापूर्वक सफल बनाए, लडाकु व्यवस्थापन गराए र अनमिनलाई बिदा गरे । उनी आर्थिक सवालमा स्वच्छ र पारदर्शी छन्, चारित्रिक रुपले निश्कलंलक र अनुकरणीय छन् । देश र जनता प्रति समर्पित र इमान्दार छन्, त्यसैगरी कम्युनिष्ट सिद्धान्त र आस्थाप्रति निष्ठावान छन् । आज हामी माधव नेपालको अडान, संर्घष र योगदानको जगमा खडा भएको लोकतान्त्रिक गणतन्त्रले उपलब्ध गराएका अधिकारहरु निर्वाध उपभोग गरिरहेका छाँै ‘सुखी नेपाली समृद्ध नेपाल’को निर्माणमा जुटेका छौँ र समाजवाद उन्मुख राष्ट्रनिर्माणको दिशामा अघि बढिरहेका छाँै । यो अवस्थामा तीनै माधवकुमार नेपालमाथि हिलो छ्याप्ने काम हुनु र मानमर्दन भइरहनु इतिहास, संस्कार र समाजकै लागि बिडम्वनापूर्ण हो ।

प्रतिक्रिया दिनुहोस्