Logo
Logo

वाह, क्या राम्रो सोच


पूर्वप्रहरी महानिरीक्षक

0
Shares

  • अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक

काठमाडौं, १७ बैशाख । राजधानी काठमाडौं सत्तारुढ दल नेकपाभित्रको अन्र्तरद्वन्द्वले गुम्सिएको बेला कपिलवस्तु, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले सह्रानीय काम गरेका छन् । कोरोना भाइरसको जोखिमबाट आफ्नो क्षेत्रका जनतालाई जोगाउन उनले थालेको यो काम अन्य सीमा क्षेत्रका गाउँपालिकाहरुले पनि गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।
विभिन्न सञ्चारमाध्यममा आएको खबरअनुसार गाउँपालिका अध्यक्ष थापाले आफ्ना गाउँका पचास जनालाई म्यादी प्रहरीमा भर्ना गरेर सीमा सुरक्षामा खटाएका छन् । नेपाल प्रहरी, शसस्त्र प्रहरी बलअन्र्तगत रहेर उनीहरुले काम गर्नेछन् ।
नेपाल–भारत सीमामा २४सैं घण्टा सरक्षाकर्मी खटिनुपर्ने र ति सुरक्षाकर्मीले मात्र भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुलाई नियन्त्रण गर्न गाह्रो पर्ने भएकाले गाउँपालिका अध्यक्ष थापाले आफ्नै पहलमा गाउँका युवालाई म्यादी प्रहरीका रुपमा परिचालन गर्ने सोच बनाएका हुन् । उनको यस्तो सकरात्मक सोचबाट एक त सीमा पारीबाट भागेर आउनेहरुलाई नियन्त्रणमा लिन सजिलो हुनेछ, दोस्रो ‘लकडाउन’का कारण बेरोजगार बनेका गाउँका युवाले रोजगार पाउनेछन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले छुट्याएको रकम अहिलेको लागि सीमा क्षेत्रका जिल्ला र गाउँपालिकामा वितरण गर्नुपर्छ । जसले गर्दा एकातिर कोरोना प्रवेशद्वार नियन्त्रण हुनेछ भने अर्कोतर्फ सीमा क्षेत्रका युवाहरुमा राष्ट्रिय भावना जागृत हुन मद्दत गर्नेछ । गाउँमा बेरोजगार मात्र होइन, काम गर्न नपाएर कुलतमा लाग्ने जमातलाई पनि यस्तो कामले सकरात्मक बाटोमा डो¥याउने आशा गर्न सकिन्छ।
सीमा क्षेत्रमा कोरोना नियन्त्रण गर्न म्यादी प्रहरीको भर्ना हेर्दा सामान्य जस्तो लागेपनि यस्तो कार्यले अपराध न्यूनिकरणमा समेत सेवा पु¥याउने छ । गाउँगाउँका जनता र प्रहरीबीच सद्भाव बढाउनमा पनि यस्तो कार्यले ठूलो मद्दत गर्नेछ । अर्को कुरा खुला सीमाको दुरुपयोग गरेर चोरी–निकासी, तस्करी गर्ने काम समेत नियन्त्रण हुनेछ र, राज्यलाई अर्बौको राजश्व प्राप्त हुनेछ ।
अहिले पनि कोरोना संक्रमणको डर भनेकै छिमेकी मुलुक भारतबाट हो । भारतमा व्यापकरुपमा कोरोना संक्रमण बढिरहेको बेला सीमानाका कडा पार्नु नै रोकथामको प्राथमिक उपचार हो । अहिले पनि सीमामा २ हजार १३४ जना अलपत्र परेका छन् । सरकारले तिनको उद्वारमा ध्यान दिएर आफ्नो देश प्रवेश सहज बनाउनुपर्छ । अन्त्यमा सीमानाका कडाइ नै कोरोना नियन्त्रणको प्राथमिक उपचार हो ।
स्मरण रहोस्, नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा २७ जना मृत्युभन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार ८ सय बढी संक्रमित छन् । त्यस्तै, विहारमा २ जनाको मृत्यु भएको छ भने २४३ संक्रमित र पश्चिम बंगालमा २ जनाको मृत्यु भएको छ । यस कारण सीमा क्षेत्रलाई थप कडाइ गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्