काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । त्यहाँ नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामाले आज बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादचन्द्र शर्मा शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
अब नेता लामाले नेकपा एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गन लागेका हुन् । एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।