Logo
Logo

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन


3.2k
Shares

काठमाडौं । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले घरमा एक्लै सुतेको बेला राति करिब १ बजेतिर धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको जानकारी दिए । राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका रायको टाउकोको बायाँ भागमा चोट लागेको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी प्रदेश कार्यालयबाट तालिमप्राप्त कुकरसहितकाे टाेली परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले मुचुल्का उठाएर शवलाई सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस्