Logo
Logo

नेकपामा आजै वारपार ? प्रचण्ड–माधव नेपाल पनि हस्ताक्षर अभियानमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ बैशाख ।
नेकपाभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । आजकै सचिवालय बैठकमा केपी ओली र उनका विरोधी नेताहरुबीच वारपार हुने सम्भावना छ ।


बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा पार्टीका बहमुत सांसद रहेको देखाउन हस्ताक्षर अभियान चलाएका छन् । प्रचण्ड र माधव कुमार नेपाल पक्षले पनि त्यसविरुद्ध हस्ताक्षर अभियान सुरु गरेका छन् । प्रचण्ड– नेपाल पक्षले सबै सांसदलाई काठमाडौं आउन निर्देशन दिएको स्रोत बताउँछ ।

यसअनुसार नेकपाभित्र आजै वारपार हुने सम्भावना देखिएको छ । सचिवालय बैठकमा सा‌सदकाे जसले बहुमत देखायो, उसैको जित हुने सम्भावना छ । जसअनुसार आ–आफ्नो पक्षमा सांसद तान्न अभियान चलेको छ । नेता वामदेव गौतमलाई समेत आफ्नो पक्षमा पार्न दुवै पक्ष लागेको छ ।
नेकपामा एक सय ७६ जना सांसद छन् । बहुमतका लागि ८८ जना चाहिन्छ ।

प्रचण्ड ओलीलाई नै हटाउने पक्षमा छन् भने माधव नेपालले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्न ओलीसँग माग गरेका छन् । सो मागलाई ओलीले अस्वीकार गरेका छन् । सरकार तथा पार्टीमा एकलौटी गरेको भन्दै उनीविरुद्ध प्रचण्ड र माधव नेपाल तथा झलनाथ खनाल समेत एकजुट भएर लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्