काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् ।
आचार्यले ५६ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित उनले दाबी पेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।