- नन्दा थापा
वैशाख १७ बाजुरा । बुढिगंगा नगरपालिकाका नेकपा समर्थक वडा अध्यक्ष र कार्यपालिका सदस्यद्धारा उपप्रमुखलाई कारबाहीको माग गरेका छन् । ज्ञापनपत्र नगरप्रमुख दिपक विक्रम शाहलाई बुझाई कारबाहीको माग गरेका हुन् ।
बुढिगंगा नगरपालिकाका ६ जना वडाअध्यक्षहरुले नगरपालिकामा आफ्नो कामका सुनुवाइ नभएको भन्दै राजिनामाको माग समेत गरेका छन । आफुहरुले गरेको मागको कुनै सुनवाई नगरे वडा अध्यक्ष र कार्यपालिकाका सदस्य सबै राजिनामा दिने बताएका छन् । बुढिगंगा नगरपालिकाका नेकपा समर्थक ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगरपालिकाका नगरप्रमुखलाई १५ बँुदे ज्ञापन पत्र बुझाउँदै कार्यपालिकाको बैठक बहिस्कार गर्ने बताएका छन् ।
बुढीगंगा नगरपालिकाका वडा नं. २, ३, ५, ६, ९ र १० का वडाअध्यक्ष लगायत कार्यपालिका सदस्य गरि १३ जनाको हस्ताक्षेरी ज्ञापन पत्रमा बिभिन्न माग राख्दै १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । २०७७ बैसाख ७ गते नगरप्रमुख समक्ष ज्ञापनपत्र र प्रमुख प्रशासकिय अधिकृतलाई पेश गरेको ध्यानाकर्षण नभएको भन्दै ६ जना नेकपा समर्थक वडाअध्यक्षले ज्ञापन पत्र दिएको कार्यपालिका सदस्य माया शाहले बताएकी छन् ।
आफुहरुले बुझाएको ज्ञापनपत्र र ध्यानाकर्षण पत्रको अबेज्ञा गरेको भन्दै बिभिन्न मागसहित ज्ञापन पत्र बुझाएको शाहको भनाई छ । ज्ञापन पत्रमा यदि हाम्रा मागहरुको सम्बोद्धन नभए नगरप्रमुख समक्ष राजिनामा दिने समेत बताएको छ ।
मन्त्रालयको सचिवस्तरको बैठक मिति २०७६ जेठ ७ गते गरेको निर्णय र प्रमुख प्रशासकिय अधिकृत नयाँ परिपत्र अनुसार खाता संचालन गर्ने अन्यथा मान्य नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । लोक सेवा आयोगबाट कर्मचारी पदपुर्ती भइसकेपछि म्याद थप नगरी करार कर्मचारको तलव भुक्तानी गरेकोले यस बिषयमा कानुन बमोजिम कार्बाहीको माग गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रमुखले प्रशासन शाखा प्रमुख नरेन्द्र नाथको नाममा परिपत्र भएको भए पनि कार्यालयको छाप र लेटर चलाउन रोक लगाएको र स्पस्टीकरण सोधीएकोले उपप्रमुखलाई कार्बाहीको माग सहित १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
कार्यपालिका सदस्य माया शाह, मनादेवी सेराला र वडाअध्यक्ष भरतबहादुर थापा, खडक अधिकारी, हिरालाल थापा, धर्मराज जैशी, गणेशबहादुर थापा, केशबहादुर थापा, गणेश बहादुर सुनार, लगायत १३ जनाको सयुक्तरुपमा हस्ताक्षर गरि नगर प्रमुख दिपकबिक्रम शाहलाई ज्ञापन पज्ञ बुझाएको कार्यपालिका सदस्य माया शाहले बताएकी छन् ।