एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजको व्यापारिक लेनदेन सम्बन्धका परेको भ्रष्टाचार मुद्दमको प्रारम्भिक अनुसन्धानमा जुलाई ३० मा बयान दिने भएका छन् ।
न्यायाधीश जुआन कार्लोस पेनाडोले सान्चेजलाई जुलाई ३० मा बिहान ११ बजे उनको सरकारी निवासमा ‘साक्षी’का रूपमा सुनुवाई गर्ने छन् । अदालतले साञ्चेजलाई उनका श्रीमतीको प्रभावबारे सोधपुछ गरिने जनाएको छ ।
कथित भ्रष्टाचार र प्रभाव तस्करीको अनुसन्धानले सान्चेजलाई आक्रोशित बनाएको छ । उनले आरोपहरू आफू र उनको बामपन्थी सरकारलाई कमजोर पार्ने प्रयासको रूपमा आएका भनी चित्रण गरेका छन् ।
गोमेजले शुक्रबार एक न्यायाधीशको सोधपुछमा चुप लागेर बस्न पाउने आफ्नो अधिकारको आह्वान गरेका थिए ।
जुलाई ५ मा सोही न्यायाधीशसमक्ष केही समय गोमेजलाई सोधपुछ गरिएको थियो । तर उनका वकिलले आफूविरुद्ध परेका सबै उजुरीका बारेमा आफूहरुलाई ‘जानकारी नदिइएको’ र तिनको अध्ययनका लागि समय मागेपछि सुनुवाइ स्थगित गरिएको थियो ।
अति दक्षिणपन्थी समूहसँग जोडिएको भ्रष्टाचार विरोधी गैरसरकारी संस्था मानोस लिम्पियास (क्लिन ह्यान्ड्स) ले निजी क्षेत्रमा भ्रष्टाचार र प्रभाव फैलाउने काम गरेको आरोप लगाएपछि अप्रिल १६ मा अनुसन्धान सुरु भएको थियो ।
दोस्रो उजुरी अति दक्षिणपन्थी सम्बन्ध रहेको एक अति-क्याथोलिक दबाव समूह हाज्ते ओइर (‘मेक योरसेल्फ हर्ड’) ले प्रभाव तस्करीको हवाला दिँदै दायर गरेको थियो ।
सान्चेजले आफ्नो श्रीमतीले कुनै गल्ती नगरेको बताउँदै आएका छन् भने न्यायमन्त्री फेलिक्स बोलानोसले शुक्रबार उनको बचाउ गरेका थिए ।