Logo
Logo

नेपाल रसियनसँग फेरि पराजित


378
Shares

काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन टोलीसँग ३-० को सोझो सेटमा पराजित भएको हो नेपालले पहिलो सेट १४-२५, दोस्रो सेट २३-२५ र तेस्रो सेट २२-२५ ले गुमायो ।

आइतबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३–० कै सेटमा पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो ।

प्रतिक्रिया दिनुहोस्