Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


1k
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको मौखिक प्रश्नको जवाफ दिने छन् ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ । सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।

त्यस्तै प्रतिमा गौतमले ‘डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्