काठमाडौं । कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गरेका छन् ।मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् ।
माओवादीका शालिकराम जमकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानअनुसार एमाले–कांग्रेस मिलेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका हुन् । अब प्रदेश प्रमुखले लामालाई साँझ ५ बजेपछि मुख्यमन्त्री नियुक्त गर्नेछन् ।