Logo
Logo

एआईजीमा सिफारिस भएर बढुवा नभएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले अवकाश प्राप्त नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेलको रिट दायर गर्न आदेश दिएको छ । आज मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एक इजलासले पोखरेलको रिट दायर गर्न आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालत प्रशासनले पोखरेलको रिट निवेदन दरपीठ गरिदिएपछि उनले दरपीठविरूद्ध अर्को निवेदन दिएका थिए । गत असार १० गते गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

तर, सरकारले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेर पनि समयमा बढुवा नगर्दा उनी डीआईजीबााटै अवकाशमा गएका थिए । त्यसपछि बढुवा सिफारिसमा परे पनि बढुवा नगरेको भन्दै पोखरेल सर्वोच्च पुगेका हुन् । गृह मन्त्रालयले सोमबार मात्रै रिक्त एक एआइजी पदका लागि डीआईजी रामदत्त जोशीलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्