Logo
Logo

डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्रीलाई अनावश्यक आरोप लगायो : पदम गिरी


1k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंकलाइनका नाममा वर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै गिरिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्तौता समस्या समाधान गर्न खोज्दा आम जनतालाई भ्रम छर्नेगरि विपक्षी प्रस्तुत भएको भन्दै आपत्ति समेत जनाए ।

उनले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडि मिटरको बिल प्राधिकरणले दिन नसकेको र पूर्वाग्राही ढंगले लाइन काटिएको आरोप समेत लगाए । उनले व्यवसायीहरुले तिर्नुपर्ने रकम पनि यसअघि प्राधिकरणले नियतबस नउठाएको जिकिर गरे ।

उनले प्राधिकरणले टीओडी मिटरको यकिन तथ्यांक दिन नसकेको जिकिर गरे । सांसद गिरीले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक आरोप लगाएको बताए ।

उनले माओवादी सांसदहरुले प्रधानमन्त्रीले नभनेको कुरा भनेको भन्द्र भ्रम छरेको बताए । “प्रमुख प्रतिपक्ष दलले आज भन्दा यही विषयमा निकै लामो समय लिएर सम्माननीय प्रधानमन्त्रीज्यूका विषयलाई जुन प्रकारले आम जनतामा भ्रम छर्ने गरी अभिव्यक्ति दिनुभयो । त्यसको जवाफ यही सदनबाट दिनुपर्ने हाम्रो दायित्व हुन्छ, हाम्रो जिम्मेवारी हुन्छ”, सांसद गिरीले भने ।

प्रतिक्रिया दिनुहोस्