Logo
Logo

काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान


756
Shares

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ ।

काठमाडौँको पानीमा पोलियोको भाइरस रहेको पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि शुक्रबारसम्म तीन दिन विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो ।

काठमाडौँको टुकुचा खोला र बागमती नदीबाट गत जेठ १३ गते संकलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालका अनुसार ले काठमाडौँ, ललितपुर र भक्तपुरका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई तीन दिन पोलियो खोप लगाइने छ ।

नियमित रुपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्