काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्यन प्राधिकरणले जनाएको छ । सौर्यको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान पोखरा उड्ने क्रममा टक अप लिनेवित्तिै दुर्घटनामा परेको हो ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको हो ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । जहाजमा १९ जना यात्रु रहेका थिए । बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो । दुर्घटना स्थलमा अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।