Logo
Logo

लकडाउनको समयमा हुन्डी कारोबार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ बैशाख ।
लकडाउनको समयमा पनि हुन्डी कारोबार रोकिएको छैन । वीरगंज महागरपालिका १६ रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका(१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


उक्त स्थानमा अवैध वित्तिय कारोवार(हुण्डी) भइरहेको भन्ने खबर प्राप्त हुनासाथजिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममामोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको एसपी गंगा पन्तले बताइन् ।

प्रतिक्रिया दिनुहोस्