Logo
Logo

लकडाउनमा भन्दा डिएसपीको ध्यान राशनमा


- दृष्टि न्युज/संवाददाता

567
Shares

रामेछाप, १८ बैशाख ।

प्रधान कार्यालयको कडाईका बाबजुत सशस्त्र प्रहरीका कार्यालयहरुमा राशनमा हुने अनियमितता रोकिएको छैन । हाकिमले राशनमा अनियमितता गरेको भनेर सशस्त्र मुख्यालयमा उजुरी परिरहेका छन् ।


पछिल्लो उजुरी रामेछापस्थित गुल्मपती डिएसपी रमेश कुमार थापाविरुद्ध परेको छ । पक्षपातपुर्ण ब्यबहार गरेको , राशन राम्रो नखुवाएको , राशन बचाउन अधिक मात्रामा बिदा छोडेको जस्ता गुनासो उनीविरुद्ध परेका छन् । गुल्मका एक असईा अनुसार आफु अब बढुवा हुन लागेकोले गुल्मको के मतलब भन्ने ढंगले काम गर्न थालेका छन् । जसकारण लकडाउनको बेला जिल्लामा सशस्त्रको भूमिका समेत कमजोर रहेको भनेर आलोचना भएको छ ।

आफु निकटका लाइ लामो बिदा छोड्ने तर मन नपरेका लाइ समस्या बताउंदा पनि अगाडी उभ्याएर नचाहिदो ब्रीफिङ गर्ने गरेको प्रहरीको गुनासो छ । यसका साथै बिदा बाट हाजिर हुन आउने कर्मचारी बाट केहि न केहि कोशेली आश गर्ने गरेको गुल्मपती माथी आरोप छ । त्यस्तो ब्यक्तिलाइ तुरुन्तै बिदा छाड्ने गरो छन् । साथै कर्मचारिको हितमा कुनै काम नगर्ने , पिरमर्का नबुज्ने , अनावश्यक टर्चर दिएको आरोप समेत उनीमाथि छ । कमान्ड क्षमता नभएकै कारण डिएसपी रमेश कुमार थापालाइ राम्रो गुल्म कमान्ड गर्न नदिएर अहिले पनि आश्रीत गुल्मको कमान्ड दिइएको सशस्त्र प्रहरी बलका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्