Logo
Logo

सांसद र पूर्व आईजिपीविरुद्ध मानव अधिकार आयोगमा उजुरी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ बैशाख ।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादबले सांसद र पूवृ आईजिपीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । प्रहरीले अपहरणको उजुरी लिन नमानेपछि नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व आईजिपी सर्वेन्द्र खनालविरुद्ध उजुरी दिएका हुन् ।


समाजवादी पार्टी फुटाउन डा.यादबाई उनीहरुले महोत्तरीबाट काठमाडौं ल्याएका थिए । प्रलोभन तथा दबाबमा पारेर काठमाडौं ल्याइएको पीडितको भनाई छ ।
उता डा.यादबका कानून व्यवसायीहरु भने जाहेरी दर्ताबारे बुझ्न जिल्ला सरकारी वकिल कार्यालय गएका छन् । सरकारी वकिल कार्यालयले मंगलबार अध्ययन गरेर मात्र जाहेरी दर्ता गर्ने बताएका थिए ।
अपहरण जस्तो गम्भीर घटनामा सत्ताको दबाबमा जाहेरी दर्ता नगरको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

आरोपी पक्षबाटै आफुलाई जोखिम रहेको समेत डा.यादबको भनाई छ । अपहरणको उजुरी नदिन उनीमाथि दबाब र धम्की दिइएको छ । पूर्व आईजिपी खनालको योजनमा आफुलाई बल प्रयोग गरेर काठमाडौं ल्याई म्यारियट होटलमा राखेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्