Logo
Logo

१०० फिटमाथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ : सौर्यका क्याप्टेन मनीष शाक्य


58.5k
Shares

काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनीष शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएका छन् । क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाले बताएका छन् ।

क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०-१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ छ ।

अस्पतालका निर्देशक डा. थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै भने, “जहाज उडाउन कोसिस गर्दै थिएँ, ५०-१०० फिट माथि गएको थियो। त्यसपछि कन्ट्रोल गर्न सकिनँ । छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता-कताबाट बाहिर निस्किएँ ।”

सौर्य एयरको नाइनएन- एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्