काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र काभ्रेको धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्टबीच सम्झौंता भएको छ । बैंक र रिसोर्टबीच सिटिजन्स ग्राहकहरूलाई विशेष छुट दिने सम्झौंता भएको हो ।
सम्झौंताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले रिसोर्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट सुविधा पाउनेछन् । यस सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।