Logo
Logo

आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी


315
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि स्थगित गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्