Logo
Logo

टीआरसी सहजीकरण संयन्त्रको बैठक बस्दै


2.1k
Shares

काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि गठित संयन्त्रको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बस्ने भएको हो ।

बैठकमा संयन्त्रले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ । यसअघि प्रमुख राजनीतिक दलहरूबीच टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउने सहमति भएको थियो ।

बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्