Logo
Logo

आज चार संसदीय समितिको बैठक बस्दै


693
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कायृसूची छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासंग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्