Logo
Logo

मौद्रिक नीति पारित


693
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीतिको सन्दर्भमा आज शुक्रवार बिहान बसेको बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको हो ।

यससँगै राष्ट्र बैंकले आज केही बेरमा औपचारिक कार्यक्रम गर्दै आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । सवा १२ बजे राष्ट्र बैंकबाटै मौद्रिक नीति सार्वजनिक गरिने प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए ।

राष्ट्र बैंकको आधिकारिक अनलाइन पोर्टलबाटै मौद्रिक नीति सार्वजनिक हुने भएपनि औपचारिकताका लागि मौद्रिक नीतिका सन्दर्भमा राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको वित्त नीति अर्थात् सरकारको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्