काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकले सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
सरोकारवालासँग बसेर छलफल गर्ने र तयसपछि अन्तिम बैठक बसेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने एमालेका महेश बर्तौलाले जानकारी दिए । उनले भने, ‘सरोकारवालासँग छलफल गर्छौ । त्यसपछि अन्तिम बैठक बसेर हामी शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउँछौं ।’