Logo
Logo

एमाले-कांग्रेसबीच राजदूतमा भागबण्डा मिल्यो


21.5k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच राजदूतको भागबण्डा टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन् ।

एक नेताका अनुसार एमालेबाट अमेरिका, चीन, बेलायत र रुस र कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति भएको छ । अन्य रिक्त रहेका देशमा पनि चाँडै टुंग्याएर नियुक्ति गर्ने सरकारको तयारी छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनेपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको कोटाबाट नियुक्ति भएका राजदूतलाई पनि फिर्ता बोलाएर सबै एकै पटक नियुक्ति गर्ने गरी गृहकार्य भइरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्