Logo
Logo
सौर्य विमान दुर्घटना

आफन्तले गरे शव बुझ्न अस्वीकार, बीमा र क्षतिपूर्तिबारे प्रष्ट नभएसम्म शव नबुझ्ने


11.2k
Shares

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । मृतकका आफन्तहरुले बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखेका छ ।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको छ । प्रत्येक परिवारको ३/३ जनालाई बोलाएर शव हेर्न दिएर पठाउने अस्पतालले जनाएको छ ।

तर, मृतकका आफन्तहरुले बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने अडान राखेका छन् ।

“अस्पतालले आफ्नो काम गरेको छ, तर सरकार र विमान कम्पनीको कोही पनि आएका छैनन्”, एक आफन्तले भने । बुधबार भएको विमान दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शव पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्