Logo
Logo

कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, समर्थन भने कायमै


4.8k
Shares

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर राख्ने भएको छ ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिएको बताए । आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिएको बताए ।

“उहाँले बाम एलायन्सलाई जोगाउँछु भन्नुभएको थियो । पार्टी अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रस्ट निर्देशन दिनुभएको थियो । तर, अहिले सहमतिको सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हौँ”, संसदीय दलका नेता आङ्बोले भने ।

यद्यपि लामो समयसम्म समर्थन नदिने प्रस्ट पार्दै उनले उपधारा ५ अनुसार बनेको सरकारको समर्थन लिँदा सबै सांसदहरू भेला हुनुपर्ने भएको कारणपछि धकेलिएको आङ्बोले बताए ।

प्रतिक्रिया दिनुहोस्